२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

नयाँ सरकारले शान्ति, सुशासन र समृद्धिको जनअपेक्षा पूरा गरोस्ः खिलराज रेग्मी

बिहिवार , फाल्गुण २१, २०८२

काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले मतदानपछि गठन हुने सरकारलाई शान्ति, सुशासन र समृद्धिका जनअपेक्षालाई पूरा गर्नेतर्फ कदम चाल्न सुझाव दिएका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज काठमाडौँको पूरानो बानेश्वरस्थित गौरचणपार्क मतदान केन्द्रबाट मतदान गरेपछि उनले जनताको दैनिक जीवन र सुखदुःखमा सरकारले ध्यान दिनुपर्ने बताए ।

पूर्वअध्यक्ष रेग्मीले भने, “मतदाता उत्साहका साथ मतदानमा सहभागी भएको देखिन्छ, देशले निकास पाओस् भन्ने उनीहरुको चाहना छ, देश स्थायित्व, शान्ति सुव्यवस्था र समृद्धिको मार्गमा अघि बढोस्, जनताको सुखदुःखमा ध्यान देओस् भन्ने जनअपेक्षा पूरा होस् ।”

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट