रौतहट । रौतहट निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका डा. मो फिरदोश आलम विजयी भएका छन् ।
निर्वाचन अधिकृत सीताराम खड्काका अनुसार आलमले २९ हजार ५२८ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार किरणकुमार साहले १८ हजार ४४२ मत प्राप्त गरेका छन् ।
अन्तिम मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शेख सगिरले ९ हजार ३२५ मत प्राप्त गरेका छन् । त्यसैगरी जनता समाजवादी पार्टी, नेपालका रामअशिष राय यादवले २ हजार ९६० मत ल्याउँदै चौथो स्थानमा रहे भने नेकपा (एमाले)का उम्मेदवार मोहम्मद अतिउल्लाहले २ हजार ३८२ मत प्राप्त गरेका छन् ।
उक्त निर्वाचन क्षेत्रमा कुल १ लाख ८ हजार ८७२ मतदाता रहेकामा ७१ हजार ५४६ जनाले मतदान गरेका थिए । जसमध्ये ६६ हजार १४४ मत सदर भएका छन् भने ५ हजार ४०२ मत बदर भएको निर्वाचन अधिकृत खड्काले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस