२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

मुगुमा कांग्रेसका खड्ग शाही विजयी

आइतवार , फाल्गुण २४, २०८२

मुगु । मुगुमा नेपाली कांग्रेसका उम्मेदवार खड्गबहादुर शाही विजयी भएका छन् । उनी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार पुर्णबहादुर रोकायालाई ११९६ मतले पछि पार्दै विजयी भएका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार शाहीले ७ हजार ९ सय २४ मतसहित विजयी हुँदा रोकायाले ६ हजार ७ सय १८ मत पाएका छन् । तेस्रो भएका नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार चन्द्रबहादुर शाहीले ५ हजार ५ सय ५८ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भुवन टमटाले ५ सय ३० मतसहित चौथो भएका छन् ।

मुगुमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार बलबहादुर मल्लले २ सय ३ नेकपा माओवादीका उम्मेदवार रंगवीर परियारले २८० पाएका छन् । प्रगतिशील लोकतान्त्रिक पार्टीका ऐटन मल्लले २२ मत ल्याएका छन् ।

मुगुमा ३६ हजार ३१ मतदाता मध्ये २२ हजार ७१ मत खसेको थियो । जसमा ८ सय ४६ मत बदर भएका छ्न् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट