२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

कैलालीका पाँच वटै क्षेत्रमा रास्वपा विजयी

आइतवार , फाल्गुण २४, २०८२

सुदूरपश्चिम । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कैलालीको पहिलो हुने निर्वाचित हुने निर्वाचनमा मतगणनाको अन्तिम नतिजा सार्वजनिक गरिएको छ ।

निर्वाचन क्षेत्र नं ४ मा रास्वपाका उम्मेदवार खेमराज कोइराला २८ हजार ५५६ मत प्राप्त गरी विजयी भएका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका गोरखबहादुर विष्टले ११ हजार ३०१ मत प्राप्त गरे ।

निर्वाचन अधिकृत हरिप्रसाद आचार्यले यो क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का लेखराज भट्टले नौ हजार ४४४ र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का हरिराम चौधरीले पाँच हजार ६०९ मत प्राप्त गरेको जानकारी दिए ।

आजै सार्वजनिक गरिएको मतपरिणाम अनुसार निर्वाचन क्षेत्र नं २ मा रास्वपाका केपी खनाल १९ हजार ५७ मतसहित निर्वाचित भएका छन् । शनिबार निर्वाचन क्षेत्र नं १, ३ र ५ को मतगणनाको आन्तिम नतिजा सार्वजनिक गरिएको थियो ।

क्षेत्र नं १ मा रास्पपाका कोमल ज्ञवाली १७ हजार ८२६, क्षेत्र नं ३ मा रास्वपाका जगतप्रसाद जोशी १९ हजार ८९३ र क्षेत्र नं ५ मा पनि रास्वपाका आनन्दबहादुर चन्द ३१ हजार ९५३ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट