२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

निर्वाचनपछि पहिलो दिन खुलेको नेप्सेमा सकारात्मक सर्किट

सोमवार , फाल्गुण २५, २०८२

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनपछि पहिलो दिन खुलेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सकारात्मक सर्किट लागेको छ ।

आज बजार खुलेलगत्तै नेप्सेमा चार प्रतिशतको वृद्धि देखिएपछि २० मिनेटका लागि कारोबार रोकिएको नेप्सेले जनाएको छ । बजार खुलेको एक मिनेटभित्रै नेप्से परिसूचकमा १०८ दशमलव ६० अङ्कको वृद्धि देखिएको हो ।

हाल कार्यान्वयनमा रहेको ‘सर्किट ब्रेक’ सम्बन्धी व्यवस्थाअनुसार कारोबार सुरु भएको पहिलो घण्टामा नेप्से परिसूचक ४ प्रतिशतले घटे वा बढेमा २० मिनेटसम्म कारोबार बन्द गर्ने व्यवस्था छ ।

त्यस्तै, दोस्रो घण्टामा ५ प्रतिशतले घटे वा बढेमा ४० मिनेट र तेस्रो घण्टा वा त्यसपछिको समयमा ६ प्रतिशतले घटे वा बढेमा बाँकी पूरै दिनको कारोबार स्थगित गरिने व्यवस्था रहेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ