काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्यमा तीन हजार सात सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १३ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार प्रतितोला तीन हजार पाँच सय रूपैयाँ सुनको मूल्य बढेको थियो ।
यस्तै, सोमबार चाँदीको मूल्य भने स्थिर छ। आइतबार प्रतितोला पाँच हजार चार सय ७५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस पाँच हजार ९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस