२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

किशोरी साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश

बिहिवार , फाल्गुण २८, २०८२

काठमाडौं । धनुषा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साहको नाम कालोसूचीमा नराख्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

गलत ढंगले आफ्नो नाम कालोसूचीमा राखिएको दाबीसहित उनी सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्चका न्यायाधीश शारङ्गा सुवेदीको एकल इजलासले कालोसूचीबाट नाम हटाउन अन्तरिम आदेश जारी गरेको हो ।

नेपाल राष्ट्र बैंक र कर्जा सूचना केन्द्रको नाममा अन्तरिम आदेश जारी गरेको हो । सोही मुद्धाका कारण फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा निर्वाचन आयोगले साहको उम्मेदवारी खारेज गरेको थियो ।

धनुषा १ बाट रास्वपाका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार बनेका साहको कर्जा सूचना केन्द्रले कालोसूचीमा नाम राखेका कारण उम्मेदवारी खारेज भएको थियो । सो विरुद्ध सर्वोच्चमा उनले दिएको रिट शुक्रबारका लागि पेसी छ ।

उम्मेदवारी खारेज भए पनि धनुषा–१ मा उनले अत्यधिक मत पाएका थिए । सो क्षेत्रमा उनको उम्मेदवारी खारेज भएका कारण आयोगले नेकपाका उम्मेदवार मात्रिका यादवलाई निर्वाचित घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ