२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सुनको मूल्य एकैदिन तोलामा ५ हजार ४०० ले घट्यो, चाँदीको मूल्य कति ?

बिहिवार , चैत्र ५, २०८२

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा पाँच हजार ४०० र चाँदी १४० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मोल प्रतितोला तीन लाख दुई हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार १० कायम भएको छ ।

हिजो बुधवार छापावाल सुनको मोल प्रतितोला तीन लाख सात हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार १५० कायम भएको थियो । गत मङ्गलवार एक तोला छापावाल सुन तीन लाख नौ हजार ९०० र एक तोला चाँदी पाँच हजार ३३५ कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ९०० र त्यति नै परिमाणको चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट