काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दामा फाइल मगाउन आदेश दिएको छ ।
न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले लामिछानेसहितको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता सविता भण्डारीको निर्णयविरुद्धको रिटमा संशोधनका लागि दिइएको निर्देशन र सोसँग सम्बन्धित कागजातहरू झिकाउन आदेश दिएको हो ।
अभियोगपत्र संशोधन गर्ने फागुन गते गरेको निर्णय पेश गर्न आदेश आएको रिट दायरकर्ता वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जानकारी दिए । इजलासले अर्को सुनुवाइको पेसी चैत्र ९ गते हेर्न नमिल्ने न्यायाधीशको इजलास अलग गरी पेसी राख्न भनेको उनले बताए ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, बडाल र युवराज पौडेल सफलले दायर गरेको रिटमा महान्यायाधिवक्ता कार्यालयको निर्णयलाई प्रथम दृष्टिमै गैरकानुनी, बदनियतपूर्ण र स्वेच्छाचारी’भन्दै बदर गर्न माग गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस