२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

ग्रान्ड सेन्ट्रल होटलद्वारा रमादा बाइ विन्धम इटहरी पशुपति मार्ग सञ्चालनको घोषणा

शुक्रवार , चैत्र ६, २०८२

काठमाडाैं । नेपालमा होटल विकास तथा लगानीको क्षेत्रमा क्रियाशील अग्रणी कम्पनी ग्रान्ड सेन्ट्रल होटल प्राइभेट लिमिटेडले आजदेखि रमादा बाइ विन्धम इटहरी पशुपति मार्ग सञ्चालनमा आएको घोषणा गरेको छ। योसँगै पूर्वी नेपालको द्रुत रूपमा विकास भइरहेको व्यापारिक केन्द्र इटहरीमा अन्तर्राष्ट्रिय स्तरको हस्पिटालिटी सेवा भित्रिएको छ।

देशबन्धु बस्नेतको स्वामित्वमा रहेको यो होटल विन्धम होटल्स एण्ड रिसोर्ट्ससँगको सहकार्यमा विकास गरिएको हो। पूर्वी नेपालमा अवस्थित इटहरी एक महत्वपूर्ण ट्रान्जिट तथा व्यापारिक गन्तव्यका रूपमा स्थापित हुँदै गइरहेको सन्दर्भमा यो होटललाई त्यस क्षेत्रका लागि महत्वपूर्ण उपलब्धिको रूपमा हेरिएको छ।

रमादा बाइ विन्धम इटहरी पशुपति मार्गमा ८१ वटा पूर्ण रूपमा सुसज्जित अतिथि कक्षहरू रहेका छन्, जसले व्यवसायिक तथा घुम्न आउने यात्रु दुवैका लागि आरामदायी र अत्याधुनिक सुविधा प्रदान गर्दछ। होटलमा दिनभर सञ्चालन हुने रेष्टुरेन्ट, बार तथा लाउञ्ज, हेल्थ क्लब, स्पा र आउटडोर स्विमिङ पुलको सुविधा उपलब्ध छ। बैठक, सम्मेलन तथा सामाजिक कार्यक्रमका लागि प्रशस्त स्थानसहितका ब्याङ्क्वेट हल र छुट्टै मिटिङ रुम पनि उपलब्ध छन्, जसले यस क्षेत्रमा बढिरहेका कर्पोरेट तथा सामाजिक कार्यक्रमहरूको माग पूरा गर्ने लक्ष्य राखेको छ।

ग्रान्ड सेन्ट्रल होटल प्रा. लि. का संचालक देशबन्धु बस्नेतले भने, “व्यापारिक तथा ट्रान्जिट केन्द्रका रूपमा तीव्र गतिमा विकास भइरहेको इटहरीमा गुणस्तरीय एवम् विश्वसनीय होटलको माग बढिरहेको छ। विन्धमसँगको सहकार्य मार्फत हामीले यस ठाउँको अनुभवलाई अन्तर्राष्ट्रिय मापदण्डसँग जोड्दै स्वदेशी तथा विदेशी दुवैखाले यात्रुका आवश्यकता पूरा गर्ने गन्तव्य निर्माण गरेका छौं।”

विन्धम होटल्स एण्ड रिसोर्ट्सका युरेसिया क्षेत्रका मार्केट म्यानेजिङ डाइरेक्टर राहुल माकारियसले भने, “इटहरीमा ग्रान्ड सेन्ट्रल होटल प्रा. लि. सँगको सहकार्यमा रमादा ब्रान्ड ल्याउन पाउँदा हामी खुशी छौं। व्यापारिक ट्रान्जिट द्वारका रूपमा रहेको यो शहर अन्तर्राष्ट्रिय स्तरको हस्पिटालिटी सेवाका लागि उपयुक्त छ, र दक्षिण एसियाका तीव्र रूपमा विकास भइरहेका दोस्रो दर्जाका शहरहरूमा विस्तार गर्ने हाम्रो रणनीति अन्तर्गत यो होटल संचालनमा ल्याइएको हो।”

यो होटल संचालनमा आएसँगै नेपालमा विन्धमको उपस्थिति थप मजबुत भएको छ र यस क्षेत्रका उदाउँदा बजारहरूमा ब्रान्डेड हस्पिटालिटी सेवाको विस्तारलाई थप सहयोग पुर्‍याएको छ। यस होटलका अतिथिहरूले विश्वकै सबैभन्दा ठूलो होटल लोयल्टी कार्यक्रमहरूमध्ये एक विन्धम रिवार्ड्सका सुविधाहरू पनि प्राप्त गर्नेछन्, जसमा विश्वभर १२ करोड २० लाखभन्दा बढी सदस्य आबद्ध छन्।

विन्धम होटल्स एण्ड रिसोर्ट्सको बारेमा :

विन्धम होटल्स एण्ड रिसोर्ट्स (NYSE: WH) फ्रेन्चाइज्ड सम्पत्तिको संख्याका आधारमा विश्वकै सबैभन्दा ठूलो होटल फ्रेन्चाइजिङ कम्पनी हो, जसका छ वटा महादेशका करिब १०० देशमा ८,३०० भन्दा बढी होटल सञ्चालनमा छन्। करिब ८,६९,००० फ्रेन्चाइज्ड तथा अफिलिएटेड कोठाहरूको नेटवर्क मार्फत विन्धमले सामान्य यात्रुलाई लक्षित गरी लजिंग उद्योगको इकोनोमी तथा मिडस्केल सेग्मेन्टमा अग्रणी स्थान ओगटेको छ।

कम्पनीले सुपर एट, डेज इन, रमादा, माइक्रोटेल, ला क्विन्टा, बेमोन्ट, विङ्गेट, अमेरिकइन, इको सुट्स, रजिस्ट्री कलेक्सन होटल्स, ट्रेडमार्क कलेक्सन र विन्धम लगायत २५ वटा होटल ब्रान्डहरू सञ्चालन गर्दछ। कम्पनीको अवार्ड-विजेता विन्धम रिवार्ड्स लोयल्टी कार्यक्रम मार्फत विश्वभरका हजारौं होटल, भ्याकेसन क्लब रिसोर्ट र भ्याकेसन रेन्टलहरूमा पोइन्ट प्रयोग गर्ने सुविधा प्रदान गरिन्छ, जसमा १२ करोड २० लाखभन्दा बढी सदस्य आबद्ध छन्।

थप जानकारीका लागि www.wyndhamhotels.com मा हेर्न सकिने कम्पनीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ