२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

इनिशा बिक हत्या प्रकरणमा दोषिलाई कारवाहीको माग गर्दै काठमाडौंमा प्रदर्शन

शनिवार , चैत्र ७, २०८२

काठमाडौं । इनिशा बिक हत्या प्रकरणमा दोषिलाई कडा कारवाहीको माग गर्दै शनिबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन् ।

इनिशा बिकको न्यायका लागि भन्दै बिभिन्न संघसंस्थाको अगुवाइमा काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरिएको हो । प्रदर्शनमा सहभागीहरुले पीडितलाई न्याय दे, छोरीहरुको सुरक्षा गरौं, बलात्कारीलाई कडा कारवाही गर, न्यायविना शान्ति छैन लगाएतका प्लेकाडै प्रदर्शन गरेका थिए ।

इनिशा बिकको न्यायका लागि ऐक्यवद्धता जनाउन नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समिति समेत प्रदर्शनमा सहभागी भएको थियो ।

सुर्खेतको वीरेन्द्रनगरस्थित सामुदायिक वनमा विक मृत अवस्थामा भेटिएकी थिइन् । प्रहरीले उक्त प्रकरणमा जोडिएका अभियुक्तहरुसंग बयान लिइसकेको छ भने घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको जनाएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ