२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

अध्यक्ष उप्रेतीको अध्यक्षतामा नाडाको २९ सदस्यीय नयाँ केन्द्रीय कार्य समिति गठन

आइतवार , चैत्र ८, २०८२

काठमाडौं । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको अध्यक्षतामा नाडाको २९ सदस्यीय नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ ।

आज चैत्र ८ गते (आइतबार) अध्यक्ष उप्रेतीको अध्यक्षतामा बसेको दोश्रो केन्द्रीय कार्य समितिले नाडाको विधान २०७१ (संशोधन सहित) दफा २०.७ बमोजिम मिति २०८२ पौष २५ गते काठमाडौंमा सम्पन्न निर्वाचनबाट नाडाको केन्द्रीय कार्य समितिको सदस्य पदमा निर्वाचित सदस्यहरु मध्येबाट पदाधिकारीहरुको निर्वाचन कार्य सम्पन्न गरी नाडाको २९ सदस्यीय केन्दीय कार्य समितिको गठनलाई पूर्णता प्रदान गरिएको हो ।

नाडाको केन्द्रीय कार्य समितिका पदाधिकारीहरुमा अध्यक्ष सुरेन्द्रकुमार उप्रेती, निवर्तमान अध्यक्ष करणकुमार चौधरी, संस्थागत उपाध्यक्ष भद्र भण्डारी, संस्थागत उपाध्यक्ष गणेशप्रसाद भट्टराई, उपाध्यक्ष विक्रम सिंहानिया, उपाध्यक्ष अभिक ज्योति, महासचिव मिलनबाबु मल्ल, सचिव मेघराज पौड्याल, कोषाध्यक्ष पंंकज अग्रवाल, सहकोषाध्यक्ष निलमणी पाठक रहेका छन् ।

त्यस्तै, संस्थागत सदस्यहरु मध्येबाट प्रदेश सदस्यमा डिल्लीराम आचार्य, केदारकुमार अग्रवाल, दामोदर अटल, दिपेन्द्र कोइराला र पुष्कर ओझा रहेका छन् ।

साधारण सदस्यहरु मध्येबाट अनुपकुमार बराल, तोयानाथ खनाल, दिपकराज गिरी, दिपेन्द्रकुमार मिश्र, दिवाकर मिश्र, नवराज भुसाल, नविनकुमार पारख, नारायणप्रसाद पौडेल, प्रकाश कपुरी, विकाश जोशी र विमल साह रहेका छन् ।

त्यसैष्री, अध्यक्षबाट मनोनित सदस्यमा दिपककुमार अग्रवाल, महेश पाल र राजेशप्रसाद गिरी रहेका छन् ।

साथै, आज नै नाडाका अध्यक्ष उप्रेतीले नाडाका पूर्व अध्यक्षहरुको सम्मानमा एउटा भेटघाट तथा छलफल कार्यक्रम समेत आयोजना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट