मुम्बई । भारतीय दिग्गज गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ ।
शनिबार मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएकी भोसलेको आज निधन भएको हो । केही महिनादेखि अस्वस्थ रहेकी उनलाई शनिबार मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो ।
७ दशकभन्दा लामो संगीत यात्रामा उनले हजारौँ गीत गाएर भारतीय मात्र होइन, विश्व संगीतमा समेत गहिरो प्रभाव छोडेकी थिइन् ।
उनको अन्त्येष्टि भोलि सोमबार गरिने परिवारले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस