२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

फोनपेद्वारा ग्लोबल मनी वीक २०२६ का अवसरमा देशव्यापी वित्तीय साक्षरता अभियान सञ्चालन

सोमवार , चैत्र ३०, २०८२

काठमाडौं । डिजिटल भुक्तानी सेवामा अग्रणी संस्था फोनपेले Global Money Week 2026 (मार्च 23–29) को अवसरमा देशव्यापी वित्तीय साक्षरता अभियान सफलतापूर्वक सम्पन्न गरेको छ। “Smart Money Talks” को मूल सन्देशलाई केन्द्रमा राख्दै, यस अभियानमार्फत युवापुस्तालाई जिम्मेवार वित्तीय व्यवहार, डिजिटल सुरक्षा तथा स्मार्ट आर्थिक निर्णयका बारेमा सचेत गराइएको थियो ।

फोनपेले देशव्यापी रूपमा आफ्नो पहुँच विस्तार गर्दै ४ प्रदेशका ६ शहरका १२ कलेजमा १८ सेसनमार्फत १,०९० भन्दा बढी तथा ५ प्रदेशका ९ शहरका २८ विद्यालयमार्फत ४,९६१ भन्दा बढी विद्यार्थीहरूलाई प्रत्यक्ष रूपमा लाभान्वित गरेको छ ।

कार्यक्रममा मनोरञ्जनात्मक खेल, क्विज तथा नाटक (dramas) जस्ता गतिविधिमार्फत विद्यार्थीहरूलाई खर्च व्यवस्थापन, बचत र सही वित्तीय जानकारीबारे सिकाइएको थियो।

यसै अन्तर्गत आयोजित Financial Literacy Student Visit कार्यक्रममा काठमाडौँ उपत्यकाका ४० भन्दा बढी विद्यार्थीहरूलाई फोनपेले आफ्नो कार्यालयमा आमन्त्रण गरी “इन्टरएक्टिभ खेलहरु साथै डिजिटल भुक्तानी र वित्तीय सुरक्षासम्बन्धी व्यावहारिक जानकारी प्रदान गरिएको थियो।

डिजिटल माध्यममा स्किट भिडियो, ‘Digi Smart Convos’, meme-based content, quiz र Smart Money Tips मार्फत पनि व्यापक सचेतना फैलाइएको थियो ।

फोनपेले यस्ता अभियानमार्फत सुरक्षित र जिम्मेवार डिजिटल अर्थतन्त्र निर्माणमा आफ्नो प्रतिबद्धता दोहोर्याउँदै आगामी दिनहरूमा पनि यस्ता पहलहरूलाई निरन्तरता दिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ