२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

वित्तीय अवस्थामा उल्लेख्य सुधार : एमएडब्लूको रेटिङ्ग 'LBBB-/A3' मा उक्लियो

सोमवार , बैशाख ७, २०८३

काठमाडौं । इक्रा (ICRA) नेपाल लिमिटेडले एमएडब्लू हायर पर्चेज प्राइभेट लिमिटेड (MHPL) को सुधारिएको वित्तीय प्रदर्शन र बलियो सम्पत्ति गुणस्तरलाई ध्यानमा राखी क्रेडिट रेटिङ्ग अपग्रेड गरेको छ। कम्पनीको दीर्घकालीन कर्जा रेटिङ्ग LBB+ बाट बढाएर LBBB- गरिएको छ भने अल्पकालीन रेटिङ्ग A4+ बाट सुधार भई A3 पुगेको छ।

यस रेटिङ्ग अपग्रेडले MHPL को समग्र क्रेडिट प्रोफाइल सुदृढ बनाउने दिशामा भएको निरन्तर प्रगतिलाई देखाउँछ। कम्पनीले विशेषगरी मोबाइल फोन फाइनान्सिङ्गको क्षेत्रमा राम्रो रिकभरी संयन्त्र र प्रविधिमा आधारित नियन्त्रण प्रणाली अपनाएका कारण सम्पत्ति गुणस्तरमा उल्लेखनीय सुधार गरेको छ।

MHPL ले नाफा आर्जनको स्तर पनि सन्तुलित रूपमा कायम राखेको छ। कम्पनीको नेट इन्ट्रेस्ट मार्जिन स्थिर रहेको छ भने सञ्चालन खर्च नियन्त्रणमा राख्दा निरन्तर सञ्चालन नाफा कायम राख्न सहयोग पुगेको छ। साथै, कम्पनीले करिब ९६ प्रतिशतको बलियो प्रावधान कभरेज कायम राखेको छ, जसले वित्तीय स्थायित्व बढाउनुका साथै सम्भावित नोक्सानी वहन गर्ने क्षमता सुदृढ बनाएको छ। यसको कर्जा पोर्टफोलियो पनि विविध र स–साना खण्डमा विभाजित रहेको छ, जसमा मध्यम लोन-टु-भ्याल्यु अनुपातमा ध्यान दिइएकोले जोखिम न्यूनीकरणमा मद्दत पुगेको छ।

पाँच दशकभन्दा लामो समयदेखि नेपालको अटोमोबाइल क्षेत्रमा स्थापित एमएडब्लू ग्रुपको हिस्सा हुनु पनि MHPL को लागि थप बलियो पक्ष हो। यो समूहको सशक्त बजार उपस्थिति र अग्रणी ब्रान्डहरूसँगको साझेदारीले व्यवसाय विस्तारमा सहयोग गर्नुका साथै वित्तीय संस्थाबाट हुने लगानीको पहुँचलाई सहज बनाएको छ।

एमएडब्लू हायर पर्चेज प्रा.लि.को बारेमा :

सन् २०११ मा स्थापना भएको एम.ए.डब्लू. हायर पर्चेज प्राइभेट लिमिटेड (MHPL) नेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकको बृहत् मार्गदर्शन अनुसार सञ्चालन हुँदै आएको छ। यसको केन्द्रिय कार्यालय मोरङको विराटनगरमा रहेको छ भने शाखा कार्यालय काठमाडौंको त्रिपुरेश्वरमा छ, जहाँबाट कम्पनीका मुख्य सञ्चालन गतिविधिहरू अघि बढाइन्छ। ग्राहकलाई सहज र झन्झटरहित हायर पर्चेज सेवा उपलब्ध गराउने उद्यमशील दृष्टिकोणसहित कम्पनी स्थापना गरिएको हो।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ