२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

फोनेपेले गर्यो दिवस कुमारलाई थप ४ वर्षका लागि सीईओमा पुनः नियुक्त

सोमवार , बैशाख ७, २०८३

काठमाडौँ । फोनेपे पेमेन्ट सर्भिस लिमिटेड (फोनेपे) ले आफ्नो प्रमुख कार्यकारी अधिकृत (CEO) दिवस कुमारलाई थप चार वर्षको कार्यकालका लागि पुनः नियुक्त गरेको घोषणा गरेको छ । जसले संस्थागत नेतृत्व निरन्तरतालाई मजबुत बनाएको छ ।

दिवस कुमार, जो २०२१ देखि फोनेपेको नेतृत्व सम्हाल्दै आएका छन् । बैंकिङ प्रविधि, इलेक्ट्रोनिक भुक्तानी पूर्वाधार तथा फिनटेक नेतृत्वमा २० वर्षभन्दा बढीको अनुभव बोकेका छन् । उनले फोनपेको प्रारम्भिक टोलीको एक सदस्यका रूपमा प्रमुख प्रविधि अधिकृत (CTO) को भूमिकाबाट कम्पनीको प्रविधिगत आधार निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएका थिए ।

२०२१ मा सीईओको जिम्मेवारी सम्हालेपछि कुमारको नेतृत्वमा फोनेपे आफ्नो सबैभन्दा महत्वपूर्ण वृद्धि चरणबाट गुज्रिएको छ । उनको नेतृत्वमा फोनेपे प्रारम्भिक भुक्तानी प्रणाली सञ्चालकबाट नेपालको विश्वसनीय डिजिटल भुक्तानी पूर्वाधारमा रूपान्तरण भएको छ ।

उनको पाँच वर्षे कार्यकालमा हासिल गरिएका उपलब्धिहरूले उनको नेतृत्वमा भएको रूपान्तरणको स्पष्ट संकेत दिन्छन् :

• सञ्चालनको पहिलो वर्षमै सबै बैंक तथा वित्तीय संस्थाहरूलाई एउटै भुक्तानी सञ्जालमा जोड्दै नेपालको पहिलो ओपन लूप QR भुक्तानी प्रणालीको नेतृत्व ।

• उनको नेतृत्वमा फोनपे नेपालको दैनिक वित्तीय जीवनको अभिन्न हिस्सा बन्न सफल भएको छ—बैंकिङ प्रणालीमा आबद्ध प्रत्येक नेपालीलाई सेवा दिँदै र देशभरका लाखौं व्यवसायहरूका लागि Fonepay QR, Fonepay Direct, Fonepay Bills, FoneTAG र Fonepay Credit Card जस्ता सेवामार्फत विकासका अवसर सिर्जना गर्दै ।

• डिजिटल कारोबारमा तीव्र वृद्धि हासिल गर्दै दैनिक २५ लाखभन्दा बढी कारोबार संख्या र दैनिक १५ अर्ब रुपैयाँभन्दा बढी कारोबार मूल्य पार गर्न सफल ।

• भारत तथा चीनका भुक्तानी सञ्जालहरूसँग एकीकरण गर्दै नेपालको क्रस-बोर्डर डिजिटल भुक्तानी क्रान्तिको नेतृत्व ।

• विभिन्न बैंक तथा वित्तीय संस्थाहरूसँग सहकार्यमा Fonepay Virtual Credit Card सुरु गर्दै १.५ वर्षभित्र ३०,००० भन्दा बढी कार्ड जारी ।

• देशका सबै ७७ जिल्लामा २० लाखभन्दा बढी QR टर्मिनलसहित मर्चेन्ट सञ्जाल विस्तार ।

पुनः नियुक्तिपछि प्रतिक्रिया दिँदै सीईओ कुमारले भने, “म सञ्चालक समितिले ममाथि देखाएको विश्वास र भरोसाप्रति अत्यन्त आभारी छु । यो नवीकरण केवल व्यक्तिगत उपलब्धि मात्र होइन, यो नेपालमा डिजिटल भुक्तानी यात्रा अझै सुरुवातमै छ भन्ने हाम्रो सामूहिक विश्वासको पुनः पुष्टि हो । आगामी वर्षहरूमा मेरो ध्यान फोनेपेलाई केवल भुक्तानी नेटवर्क मात्र नभई प्रत्येक नेपालीलाई सेवा दिने पूर्ण वित्तीय प्लेटफर्ममा रूपान्तरण गर्ने हुनेछ । म सञ्चालक समिति, बैंकिङ साझेदार, नियामक नेपाल राष्ट्र बैंक, र सम्पूर्ण फोनेपे टोलीप्रति आभारी छु ।”

कुमारले आफ्नो नवीकृत कार्यकालमा तीन प्रमुख रणनीतिक स्तम्भमा ध्यान केन्द्रित गर्ने बताएका छन् :

• क्षेत्रीय तथा क्रस-बोर्डर भुक्तानी अन्तरसम्बन्ध (Interoperability)

• उत्पादन तथा इकोसिस्टम विस्तार

• नेपालका वित्तीय पहुँच कम भएका क्षेत्रहरूमा वित्तीय समावेशीकरण विस्तार

साथै, उनले फोनेपेलाई सार्वजनिक कम्पनी (IPO) मा लैजाने प्रक्रियाको पनि सुपरिवेक्षण गर्ने बताएका छन् । जुन गत डिसेम्बरमा सेयरधनीहरूको स्वीकृतिपछि कार्यान्वयन चरणमा प्रवेश गरिसकेको छ ।

फोनेपे बारे :

फोनेपे पेमेन्ट सर्भिस लिमिटेड नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त अग्रणी पेमेन्ट सिस्टम अपरेटर (PSO) हो । F1Soft Group को प्रमुख उद्यमका रूपमा फोनेपेले देशको प्रमुख QR-आधारित भुक्तानी पूर्वाधार सञ्चालन गर्दै बैंक तथा वित्तीय संस्था, डिजिटल वालेट, मर्चेन्ट र उपभोक्तालाई एउटै एकीकृत नेटवर्कमा जोडेको छ । फोनेपेले हाल P2M QR कारोबारमा ९६% बजार हिस्सा ओगटेको छ र दैनिक २० लाखभन्दा बढी कारोबार प्रशोधन गर्दै २० अर्ब रुपैयाँभन्दा बढी दैनिक कारोबार मूल्य व्यवस्थापन गर्दछ ।

फोनेपेका क्रस-बोर्डर भुक्तानी साझेदारीहरू भारत (UPI via NPCI International), UnionPay International, चीन तथा Alipay+ लगायतका विश्वव्यापी नेटवर्कसम्म फैलिएका छन् । फोनेपे सार्वजनिक हुने (IPO) प्रक्रियामा पनि रहेको छ, जसलाई डिसेम्बर २०२५ मा कम्पनीको AGM ले स्वीकृति दिएको थियो । उक्त IPO सन् २०२६ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ