काठमाडौं । नेपाली कांग्रेसले संसद्मा पार्टीको भूमिकालाई थप प्रभावकारी बनाउन आफ्ना सांसदहरूका लागि विशेष प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । बुधबार (आज) दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने बैठकमा पार्टी सभापति गगनकुमार थापाले सांसदहरूलाई प्रशिक्षण (फेसिलिटेट) गर्ने कार्यक्रम रहेको छ ।
दलका नेता भीष्मराज आङ्देम्बेले बोलाएको बैठकमा संसद् बैठकहरूमा सांसदहरू कसरी प्रस्तुत हुने र जनताका मुद्दालाई कसरी प्रभावकारी रूपमा उठाउने भन्ने विषयमा सभापति थापाले सहजीकरण गर्नेछन् । नेता आङ्देम्बेको सचिवालयका अनुसार, संसद्मा सांसदहरूको सक्रियता र दलको गरिमा बढाउने गरी प्रस्तुत हुन निर्देशन दिइनेछ ।
कांग्रेस सांसद गीता गुरुङका अनुसार, बैठकले यी गम्भीर मुद्दाहरूमा पार्टीको आधिकारिक स्ट्यान्ड तय गर्नेछ। सरकारका पछिल्ला कदमहरूको समीक्षा र संसद्मा प्रतिपक्षी वा सत्तारुढ (गठबन्धनको अवस्था अनुसार) भूमिकालाई कसरी सन्तुलित लैजाने भन्नेबारे पनि बैठकमा छलफल हुने बुझिएको छ।
प्रतिक्रिया दिनुहोस