काठमाडौं । नेकपा संयुक्तले असफलताको बाटोमा नजानका लागि आफ्ना कमजोरीहरु सुधार गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
बुधबार काठमाडौंको माइतिघरमा पत्रकार सम्मेलन गर्दै नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले पूर्ववर्ती सरकारजस्तै वर्तमान सरकार असफल नहोस् भन्ने नेपाली जनताको अपेक्षा गरेको भन्दै आफ्ना कमजोरीहरु सुधार गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सरकार बनेको डेढ महिना पनि नवित्दै भएका गतिविधिले नेपाली नागरिकलाई झस्काएको उनले बताए । उनले सुुकुम्वासीलाई व्यवस्थापन गर्ने नाममा समाजको सबैभन्दा कमजोर वर्गप्रति जस्तो व्यवहार गरिएको भन्दै आपत्ति जनाए । कुनै पनि लोकतान्त्रिक सरकारले आफ्नै नागरिकहरूमाथि यस्तो अमानवीय व्यवहार गर्न नसक्ने उनले बताए ।
त्यस्तै भुसालले वास्तविक सुकुम्वासीको घरबासको तत्कालै उचित व्यस्थापन गर्न समेत माग गरे । उनले ट्रे्ड युनियन र विद्यार्थी संगठनमाथि प्रतिवन्ध लगाउने निर्णय फिर्ता लिन पनि सरकारको ध्यानाकर्षण गराए । कार्यवाहक अध्यक्ष भुसालले दुई तिहाई नजिकको सरकारले अध्यादेश जारी गरेर रमिता देखाएको टिप्पणी गरे ।
अध्यादेश ल्याएर सरकारको बहुमतको गरिमा घटाउने काम नगर्न समेत उहाले सरकारलाई सुझाव दिए । त्यस्तै उनले नेपालको कालापानी–लिपुलेक क्षेत्रका बिषयमा फराकिलो राष्ट्रिय सहमति र बलियो एकतामा आधारित पहलकदमी लिन समेत सरकारको ध्यानाकर्षण गराए ।
प्रतिक्रिया दिनुहोस