२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

गलत नीतिका कारण मुलुक अप्ठेरो अवस्थामा पुग्यो, अब सहि बाटोमा हिडाउने प्रयास सुरु भएको छ : गणेश पराजुली

मंगलवार , बैशाख २९, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले मुलुकलाई सहि बाटोमा हिडाउने प्रयास सुरु भएको बताएका छन् । 

मंगलबार प्रतिनिधिसभा बैठकमा पराजुलीले यसअघिका गलत नीतिका कारण मुलुक अप्ठेरो अवस्थामा पुगेको भन्दै अब सहि बाटोमा हिडाउने प्रयास सुरु भएको बताएका हुन् ।

उनले विद्यालयलाई दलका कार्यकर्ता उत्पादन गर्ने ठाउँ बनाइएको र कर्मचारीतन्त्रमा पनि राजनीतिकरण हावी भएकाले अव सक्षम युवा उत्पादन र नागरिकलाई सेवा दिन सक्ने कर्मचारीतन्त्र बनाउन खोजिएको बताए । उनले संविधानले दिएको अधिकार प्रयोग गरेर नै सरकारले अध्यादेश ल्याएको भन्दै यसमा रोइलो गर्नुपर्ने कारण नभएको टिप्पणी गरे ।

पराजुलीले सहकारीबाट पीडित जनतालाई न्याय दिने प्रयास सरकारले सुरु गरेको उल्लेख गरे । त्यस्तै उनले न्यायलयलाई राजनीतिक हस्तक्षेपमुक्त गर्न खोजिएको समेत दावी गरे । 

आफ्नो दलबाट कोटामा न्यायाधीश बनाएर स्वच्छ न्यायको परिकल्पना गर्न नसकिने उनको भनाइ छ । उनले कामु प्रधानन्यायाधीशले न्यायलयको मर्यादा जोगाउन नसकेको र सडकबाट दुईतिहाइको सरकारलाई लल्कारने काम भएको आरोप लगाए । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ