२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

नीति तथा कार्यक्रमले समेट्न नसकेका बिषयलाई बजेटमार्फत सम्बोधन हुनुपर्छ : भीष्मराज आङदेम्बे

शनिवार , जेठ २, २०८३

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले नीति तथा कार्यक्रमले समेट्न नसकेका बिषयलाई बजेटमार्फत सम्बोधन हुनुपर्ने बताएका छन् । 

शनिबार काठमाडौंमा नेपाल मोवाईल व्यवसायी महासंघको महाधिवेशन उद्घाटन गर्दै आङदेम्बेले नीति तथा कार्यक्रममा प्रविधिसम्बन्धी धेरै बिषय छुटेको भन्दै त्यस्ता बिषयमा बजेटमार्फत सम्बोधन हुनुपर्ने बताएका हुन् । 

उनले नीति तथा कार्यक्रमको छलफललाई केहि घण्टामा खुम्चाइएकोप्रति असन्तुष्टि व्यक्त गरे । यसअघि तीन दिन हुने छलफललाई घण्टामा सक्काउदा सरकारले आवश्यक प्रक्रिया पुरा नगरेको उनmे बताए । 

उनले नीति तथा कार्यक्रममा धेरै छलफल गर्न नपाएपनि प्रिबजेटमा भने प्रयाप्त छलफल हुने विश्वास व्यक्त गरे । आङदेम्बेले विरोधको निम्ति विरोध गर्ने प्रतिपक्षीको हिजोको शैली अब नदोहरिने भन्दै परिणामको निम्ति साथ दिने धारणा राखे । तर सरकारको क्रियाकलाप हेर्दा परिणाम दिने बाटो तय भएको जस्तो अनुभूति नभएको उनको भनाइ छ ।

त्यस्तै आङदेम्बेले सकारात्मक सोचका सरकारका राम्रा कुरालाई साथ र नराम्रा कुरामा सजक गराउने गरि प्रतिपक्ष बेन्च प्रस्तुत भएको बताए ।  

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ