काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी मिलाउनका लागि विधानको परिधिमा रहेर आफु जे पनि गर्न तयार रहेको बताएका छन् ।
प्रजातान्त्रिक विचार समाजले आइतबार काठमाडौँमा आयोजना गरेको अन्तर्क्रियामा सभापति थापाले १४ औं महाधिवेशनबाट निर्वाचित नेताहरूलाई समेटेर अगाडि जान आफू तयार रहेको बताए ।
१५ औँ महाधिवेशन कसरी स्वच्छ र निष्पक्ष गराउन सकिन्छ, त्यो गर्न तयार रहेको बताए । सभापति थापाले पार्टीले गर्ने निर्णयमा विशेष महाधिवेशनमा आएको र नआएको भन्ने विषयलाई आधार नबनाइने बताए । उनले आफूले आफूभन्दा अग्रज नेताहरूलाई घरमै पुगेर भेटेर मिलाउनका लागि जे पनि गर्न तयार रहेको भनेका समेत बताए ।
सभापति थापाले पार्टीले नागरिक अधिकार र आत्मसम्मानका विषयमा कुनै पनि सम्झौता नगर्ने स्पष्ट पारे । कांग्रेसले नागरिकको अधिकार र आत्मसम्मानका विषयमा कुनै पनि सम्झौता नगर्ने भन्दै नागरिकको आत्मसम्मानको विषयमा पार्टी ठिक स्थानमा उभिने स्पष्ट पारे । सभापति थापाले राष्ट्रिय सुरक्षा, परराष्ट्र नीतिबारे कांग्रेस स्पष्ट रहेको उल्लेख गर्दै सरकारले सुशासन स्थापनाका लागि गर्ने काममा कांग्रेसको साथ रहने बताए ।
त्यस्तै सोहि कार्यक्रमका बोल्दै महामन्त्री प्रदिप पौडेलले कांग्रेसले लडेर स्थापित गरेको विधिमा विधि स्थापनाका लागि केहि नगर्नेहरु जनताको विश्वास प्राप्त गरेर आएको बताए । उनले यति ठुलो जनविश्वास प्राप्त गरेर आएको सरकार प्रश्नहरुको घेराबाट घेरिन थाल्यो भने नागरिको निरासा झन बढेर जाने बताए ।
उनले प्रधानमन्त्री बालेन्द्र साहले जानीजानी संसदको उपेक्षा गरेको आरोपसमेत लगाए । महामन्त्री शर्माले प्रजातान्त्रिक विचार समाज, नेपालको साधारण सभामा बोल्दै उनले प्रधानमन्त्रीको कार्यशैली अपरिपक्वताका कारण नभई नियतवश भएको दाबी समेत गरे । सरकारलाई समयमै सीमाभित्र राख्न नसकेमा लोकतान्त्रिक मूल्य र प्रणाली गम्भीर संकटमा पर्न सक्ने भन्दै लोकतान्त्रिक चरित्र कमजोर भएको राज्यले नागरिकलाई पीडा दिने उनले बताए ।
सरकार असफल होस् भन्ने चाहना नभए पनि लोकतन्त्र कमजोर बनाउने कुनै पनि प्रयासविरुद्ध प्रतिपक्ष चुप बस्न नमिल्ने उनको भनाइ थियो । कांग्रेस पार्टी लोकतान्त्रिक मूल्य र विधिको रक्षा गर्न पछि नहट्ने उनले जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस