काठमाडौं । प्रधानन्यायाधीशमा डा मनोज शर्माको नाम सर्वसम्मत अनुमोदन भएको छ ।
संसदीय सुनवाइ समितिको बैठकले उनको नाम अनुमोदन गरेको हो ।
समितिमा मंगलबार भएको सुनुवाइ सकिएपछि समितिले प्रधानन्यायाधीशमा शर्माको नाम अनुमोदन गर्ने निर्णय गरेको हो ।
समितिले शर्मालाई सर्वोच्च अदालतको ३३ औं प्रधान न्यायाधीशको रूपमा अनुमोदन गरेको हो ।
१० दिनका लागि उजुरी आह्वान गरेको समितिले आज सबै सुनुवाइको प्रक्रिया एकैदिन पूरा गरेको हो । उनीविरूद्ध १६ वटा परेका थिए । आफूविरुद्धका उजुरी र सांसदहरूको सवालमा शर्माले जवाफ दिए ।
प्रतिक्रिया दिनुहोस