२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

तत्काल उखु किसानको भुक्तानी गर्न सरकारसँग सांसद सिंहको माग

मंगलवार , जेठ १२, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले तत्काल उखु किसानको भुक्तानी गर्न सरकारसँग माग गरेका छन् । 

मंगलबार बसेको प्रतिनिधिसभाको शुन्य समयमा सांसद सिंहले चिनी मिलले अझै पनि उखु किसानको बक्यौता भुक्तानी नगरेको भन्दै तत्काल भुक्तानीको व्यवस्था गर्न माग गरेका हुन् । 

साथै उनले सरकारको अनुदान समेत किसानले प्राप्त गर्न नसकेकाले सरकारले दिने रकम पनि चाँडै उपलब्ध गराउन आग्रह गरे । 

उनले रोपाइँको सिजन सुरू हुन लागेको समयमा मलको उपलब्धता हुन नसकेकाले मलको व्यवस्था गर्न पनि माग गरे । 

सांसद सिंहले बागमतीको कटानले सर्लाहीको बरहथवा नगरपालिकाको वडा नम्बर १, २, ३, ४ मा करिब ५० हजारभन्दा बढी नागरिकहरूको उठीबास हुने अवस्था रहेको भन्दै यसतर्फ पनि ध्यान दिन माग गरे । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ