२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

जनादेश स्थायी हुँदैन, राजनीतिक शक्ति समयसँगै बदलिन्छ : महामन्त्री घिमिरे

बुधवार , जेठ १३, २०८३

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले राजनीतिक दलहरूले प्राप्त गर्ने जनादेश स्थायी नहुने बताएका छन् ।

नेपाल प्रेस युनियन मोरङले बुधबार विराटनगरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले नेपालको राजनीतिक इतिहासमा जनमत समयअनुसार फेरबदल हुँदै आएको उल्लेख गरे ।

उनले २०६४ सालमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को उदयलाई उदाहरण दिँदै त्यो जनमत दीर्घकालीन रूपमा टिक्न नसकेको बताए । त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्राप्त गरेको दुई तिहाइ बहुमत पनि स्थायी हुन नसकेको उनको भनाइ थियो ।

महामन्त्री घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीको वर्तमान जनसमर्थन पनि सधैँ एउटै अवस्थामा नरहने उल्लेख गर्दै राजनीतिक शक्ति र जनादेश समयक्रमसँगै परिवर्तन भइरहने बताए । उनका अनुसार नेपाली कांग्रेसले पनि विभिन्न समयमा आरोह–अवरोहको अवस्था भोगिरहेको छ ।

उनले नेपाली कांग्रेस अहिले रूपान्तरणको प्रक्रियामा रहेको दाबी गर्दै पार्टीले नेता–कार्यकर्ता तथा जनतासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिएको बताए । निर्वाचन समीक्षा तथा नीति अनुसन्धान प्रशिक्षण प्रतिष्ठानमार्फत जनताका सुझाव, गुनासा र अपेक्षा संकलन गर्ने काम भइरहेको उनको भनाइ थियो ।

महामन्त्री घिमिरेले सामाजिक सञ्जाल र प्रविधिको प्रयोगमार्फत पुराना दलविरुद्ध नकारात्मक भाष्य निर्माण गरिएको आरोपसमेत लगाए । एआई र एल्गोरिदमको प्रयोग गरेर पुराना दलहरूले कुनै काम नगरेको सन्देश फैलाइएको भन्दै उनले देशको विकासमा पुराना राजनीतिक दलहरूको महत्वपूर्ण योगदान रहेको दाबी गरे ।

प्रदेश तथा स्थानीय तहमा पुराना दलकै नेतृत्वमा उल्लेखनीय काम भएको उल्लेख गर्दै उनले विकासको आधारशिला पुराना राजनीतिक शक्तिहरूले निर्माण गरेको बताए ।

उनले पुराना दल केही सीमित नेताको प्रभावमा पुगेको स्वीकार गर्दै त्यसलाई सुधार गर्ने प्रक्रिया सुरु भइसकेको बताए । साथै, नेपाली कांग्रेस नयाँ सोच, योजना र दृष्टिकोणसहित आगामी निर्वाचनमा सहभागी हुने पनि उनले स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ