काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद–उल–अजहा (बकर इद) का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली मुस्लिम समुदायमा शुभकामना व्यक्त गरेका छन् ।
सभामुख अर्यालले आज शुभकामना सन्देश जारी गर्दै सम्पूर्ण मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरूको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेका हुन् ।
उनले सामाजिक संस्कृति, परम्परा, रीतिरिवाज, जातजाति तथा वेशभूषाको विविधतायुक्त नेपाली समाजमा इद–उल–अजहाजस्ता पर्वले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई अझ मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
सभामुख अर्यालले यस्ता चाडपर्वले सबै धर्म, जातजाति र समुदायबीच आपसी सद्भाव, सहिष्णुता तथा मेलमिलाप अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरेका छन् । साथै, मौलिक संस्कृति र परम्पराको संरक्षणमा पनि पर्वहरूले योगदान पुर्याउने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस