२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

उज्यालो नेपाल र हाम्रो पार्टी नेपालबिच आज समायोजन: कुलमान घिसिङको उपस्थितिमा एकता घोषणा हुँदै

शुक्रवार , जेठ १५, २०८३

काठमाडौं । उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच आज पार्टी समायोजन कार्यक्रम आयोजना हुने भएको छ।

उज्यालो नेपाल पार्टीको केन्द्रीय कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा शुक्रबार बिहान १० बजे हुने कार्यक्रममा दुई दलबीच औपचारिक रूपमा पार्टी समायोजन गरिने जनाइएको छ।

कार्यक्रममा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ सहित दुवै पार्टीका केन्द्रीय नेताहरूको सहभागिता रहने बताइएको छ।

पार्टी समायोजनसँगै आगामी राजनीतिक दिशा, संगठन विस्तार तथा साझा एजेण्डाका विषयमा समेत धारणा सार्वजनिक गरिने अपेक्षा गरिएको छ।

उज्यालो नेपाल पार्टीले कार्यक्रमको समाचार संकलन तथा रिपोर्टिङका लागि सञ्चारकर्मीहरूलाई उपस्थित हुन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ