२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सुनचाँदीको मूल्यमा वृद्धिः सुनको मूल्य तोलामा  पाँच हजार ६०० ले बढ्यो, चाँदीको मूल्य कति ?

शुक्रवार , जेठ १५, २०८३

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा रु पाँच हजार  ६०० र चाँदी रु १७५ ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९० हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार ४० कायम भएको छ । हिजो बिहीबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ८५ हजार र त्यति नै परिमाणको चाँदी रु चार हजार ८६५ कायम भएको थियो ।

गत बुधबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९० हजार ५०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार ८० मा कारोबार भएको थियो । 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ५०० र त्यति नै परिमाणको चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ