२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

निमोनिया भएर अस्पताल भर्ना भएका प्रचण्डको स्वास्थ्य ‘सुधारोन्मुख’

आइतवार , जेठ १७, २०८३

काठमाडौं । अस्पतालमा उपचाररत नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डको स्वास्थ्य सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । 

मेडिसिटी अस्पतालमा उपचाररत प्रचण्डको स्वास्थ्यमा निरन्तर सुधार भइरहेको र अवस्था यस्तै रहे भोलिसम्म डिस्चार्ज हुन सक्ने चिकित्सकले परिवार र पार्टी नेताहरूलाई जानकारी दिएका छन् ।

केही दिनदेखि ज्वरो आएपछि शनिबार बिहान प्रचण्डलाई अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्य परीक्षणका क्रममा हल्का निमोनिया देखिएपछि चिकित्सकले अस्पतालमै राखेर उपचार थालेका हुन् ।

सुदूरपश्चिमको पार्टी कार्यक्रममा सहभागी भएर काठमाडौं फर्किएपछि उनी अस्वस्थ बनेका थिए । ज्वरोका बाबजुद पनि पार्टी गतिविधिमा सक्रिय रहेका प्रचण्डलाई स्वास्थ्यमा थप असहजता देखिएपछि अस्पताल लगिएको पारिवारिक स्रोतले जनाएको छ ।

स्वास्थ्य सुधार भइरहेकाले चिकित्सकले छिट्टै डिस्चार्ज गर्ने तयारी गरेको जनाइएको छ ।।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ