२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

रास्वपा सभापति रवि लामिछाने ५ दिने भ्रमणका लागि आज भारत प्रस्थान गर्दै, उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने

सोमवार , जेठ १८, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँच दिने औपचारिक भ्रमणका लागि आज भारत प्रस्थान गर्दै छन् । भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा लामिछाने आगामी जेठ २२ गतेसम्म भारत भ्रमणमा रहने रास्वपाले जनाएको छ ।

रास्वपा प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिअनुसार भ्रमणका क्रममा लामिछानेले नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यसूची रहेको छ । उनले भाजपाका शीर्ष नेताहरूसँग द्विपक्षीय हित, राजनीतिक सम्बन्ध तथा समसामयिक विषयमा छलफल गर्ने कार्यक्रम तय भएको छ ।

राजनीतिक भेटघाटका अतिरिक्त लामिछानेले भारतमा रहेका नेपाली समुदाय र पार्टीका शुभेच्छुकहरूसँग पनि अन्तरक्रिया गर्नेछन् । भ्रमणका क्रममा उनले अयोध्याको व्यक्तिगत भ्रमणसमेत गर्ने रास्वपाले जनाएको छ ।

भारत भ्रमणका लागि लामिछानेको नेतृत्वमा पाँच सदस्यीय औपचारिक प्रतिनिधिमण्डल सहभागी हुँदै छ । उक्त टोलीमा रास्वपाका सह–महामन्त्री एवं प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य एवं प्रतिनिधिसभा सदस्य दीपक बोहोरा, निकिता पौडेल र प्रदीप आचार्य रहेका छन् ।

भ्रमणका क्रममा हुने उच्चस्तरीय भेटघाट तथा कार्यक्रमहरूको व्यवस्थापनका लागि नयाँ दिल्लीस्थित नेपाली दूतावासले आवश्यक समन्वय र सहजीकरण गरिरहेको रास्वपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ