२०८३, आषाढ २७ गते

शनिवार, आषाढ २७ गते २०८३

जेनजी आन्दोलन पछि बन्द विराटनगरको भाट–भटेनी सञ्चालनमा

शनिवार , आषाढ २७, २०८३

विराटनगर । जेनजी आन्दोलनमा क्षतीग्रस्त भएको विराटनगरस्थित भाट–भटेनी सुपर स्टोर आजदेखि औपचारिक रूपमा पुनः सञ्चालनमा आएको  छ । आन्दोलनका क्रममा क्षति पुगेको संरचनाको पुनर्निर्माण सम्पन्न भएपछि स्टोरले नियमित सेवा सुरु गर्ने भएको हो । 

भाटभटेनी सुपर मार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार पुनर्निर्माणपछि स्टोरलाई ग्राहकको आवश्यकतालाई ध्यानमा राख्दै थप व्यवस्थित र आधुनिक सुविधासहित सञ्चालनमा ल्याइएको हो ।

स्टोरले ग्राहकलाई सहज, गुणस्तरीय र भरपर्दो सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। पुनः सञ्चालनसँगै विराटनगरका ग्राहकले दैनिक उपभोग्य सामग्री, खाद्यान्न, घरायसी सामानलगायतका वस्तुहरू नियमित रूपमा खरिद गर्न सक्नेछन् ।\

740325774_1766719351312811_6694675593559998532_n.jpg

स्टोर व्यवस्थापनले ग्राहक सुविधालाई प्राथमिकतामा राख्दै सेवा प्रणालीलाई थप प्रभावकारी बनाउने जनाएको छ , जेनजी आन्दोलनका क्रममा भाटभटेनीका  २१ शाखाहरुमा क्षतीग्रस्त भएका थिए । आन्दोलनमा १२ शाखा पुर्ण रुपमा ध्वस्त भएका थिए ।

आन्दोलन लगतै सुरुमा नक्सालको वेयर हाउस सञ्चालनमा ल्याएको थियो । लगतै कोटेश्वर र महारजगञ्ज शाखा पनि सञ्चालनमा आइसकेको छ । बौद्ध चुच्चेपाटीको शाखा पनि निर्माृण पछि सञ्चालनमा आएको छ । विराटनगरको शाखा सञ्चालनमा आएसँगै भाटभटेनीका ५ शाखा पुर्ण रुपमा सञ्चालनमा आएका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट