२०८३, आषाढ २७ गते

शनिवार, आषाढ २७ गते २०८३

आत्मदाह गरेका राउतको मृत्यु

शनिवार , आषाढ २७, २०८३

काठमाडौं । बुद्धनगरस्थित आफ्नै निवासमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । राहदानी विभागअगाडि आत्मदाह गरेका गणेश नेपालीको मृत्युको खबर सेलाउन नपाउँदै काठमाडौंमा  आज बिहान आत्मदाहको अर्को घटना भएको थियो ।

काठमाडौं महानगरपालिका–१० बुद्धनगरमा श्रीमती र छोरासहित बस्दै आएका राउतले शनिबार बिहान आफ्नै घरको भान्सा कोठामा शरीरमा आगो लगाएका थिए ।

घटनाको जानकारी पाएलगत्तै पुगेको प्रहरीले उनलाई उद्धार गरी वीर अस्पताल पु¥याएको थियो । शरीरको ५० प्रतिशतभन्दा बढी भाग जलेका राउतलाई सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार गरिएको थियो । तर, उपचारकै क्रममा शनिबार उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

घटनाअघि राउत र उनका छोराबीच विवाद भएको खुलेको छ । विवादपछि उनी भान्सा कोठामा गएको र त्यहीँ आत्मदाहको प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । राउत श्रीमती र छोरासहित बुद्धनगरमा बस्दै आएका थिए । 

एक दिनअघि मात्रै काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको वीर अस्पतालको बर्न आईसीयूमा उपचारका क्रममा मृत्यु भएको थियो ।
राउतले हेटौंडामा ग्याबिन उद्योग सञ्चालन गर्दै आएका थिए । उनी घरायसी विख्द्युतीय सामग्री आयत व्यवसायमा समते सक्रिय रहेको पारीवारीक स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट