२०८३, आषाढ ३० गते

मंगलवार, आषाढ ३० गते २०८३

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र कर्णाली प्रदेश अस्पतालबीच सम्झौता

मंगलवार , आषाढ ३०, २०८३

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय प्रदेश अस्पताल, विरेन्द्रनगर सुर्खेतबीच सम्झौता भएको छ । 

सोमबार राष्ट्रिय वाणिज्य बैंक र कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय प्रदेश अस्पताल, विरेन्द्रनगर सुर्खेतबीच तलबी बचत खाता तथा पेशाकर्मी सरल कर्जा सञ्चालन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । 

सम्झौता पत्रमा उल्लेख भए अनुसार राष्ट्रिय वाणिज्य बैंकले कर्णाली प्रदेश अस्पतालका कर्मचारीहरुका लागि तलबी बचत खाता तथा पेशाकर्मी सरल कर्जा सञ्चालन गर्नुका साथै सहुलियत दरमा अन्य बैंकिङ्ग सेवासुविधा उपलब्ध गराउनेछ ।
 
वि.सं. २०२२ साल माघ १० गते पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले हाल ७ वटै प्रदेशका ७७ जिल्ला सदरमुकामसहित दुर्गम क्षेत्रलाई समेत समेट्ने गरी ३१६ शाखा कार्यालयहरु मार्फत कर्जा, निक्षेप सहित एटिएम, मोबाईल बैंकिङ लगायतका आधुनिक डिजिटल बैंकिङ सेवाहरु उपलब्ध गराईरहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट