२०८३, आषाढ ३० गते

मंगलवार, आषाढ ३० गते २०८३

पहिरो पन्छाएर नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

मंगलवार , आषाढ ३०, २०८३

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि यातायात सञ्चालन भएका छन् । सोमबार दिउँसोबाट सुरु भएको वर्षात्का कारण साँझ ७ः०० बजेबाट खस्न थालेको पहिरो बिहानसम्म जारी थियो ।

ती सबै स्थानमा खसेको पहिरो बिहान हटाइएपछि दुईतर्फी सवारी सञ्चालनमा आएको डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर अर्जुन घिमिरेले जानकारी दिए । सडकमा खसेको पहिरो पन्छाउन राति नै दुईवटा लोडरसहितका उपकरण प्रयोग गरिएको थियो ।

इन्जिनियर अर्जुन घिमिरेका अनुसार सो सडकखण्डको भतेरी, खोरखोला, १५ किलो, ११ किलो, १६ किलो, १९ किलो, सेतीदोभानका दुई ठाउँ, घुमाउने, सिमलतालका दुई ठाउँ, २५ किलो, जलविरे, नाम्सी खोला र तुइन खोलामा पहिरोबाट सडक अवरुद्ध भएको थियो ।

त्यसमध्ये सेतीदोभान पूर्ण रूपमा सडक दुईतर्फी तथा अन्य ठाउँमा एकतर्फी अवरुद्ध थियो । राति १ः०० बजेसम्ममा गाडी सञ्चालन गर्न सक्नेगरी पहिरो हटाइए पनि केही ठाउँमा पहिरो खसेको र खस्ने जोखिम भएकाले बिहानसम्म पर्खनुपरेको थियो ।

सो सडकखण्डमा जुनसुकै बेला पहिरो खस्न सक्ने भएकाले रातिको समयमा सकेसम्म यात्रा नगर्न स्थानीय प्रशासनले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट