logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • नारायणहिटी दरबार संग्रहालयको कार्यकारी निर्देशकमा पुरातत्वविद सुरेश श्रेष्ठ चयन

    नारायणहिटी दरबार संग्रहालयको कार्यकारी निर्देशकमा पुरातत्वविद सुरेश श्रेष्ठ चयन

    5.3K
    Shares

    काठमाडौं । सरकारले नारायणहिटी दरबार संग्रहालयको जिम्मा पुरातत्वविद् सुरेश श्रेष्ठलाई दिएको छ । नारायणहिटी परिसरमा रेष्टुराँ सञ्चालनका लागि दिइएको ठेक्का प्रकरणमा मुछिएपछि संग्रहालयका तत्कालिन प्रमुख भेषनारायण दाहालले राजीनामा दिएका थिए ।

    उक्त पदमा पुरातत्वविद् सुरेश श्रेष्ठलाई ल्याइएको हो । तर, छानविन समितिले ठेक्का प्रकृया गलत रहेको निष्कर्ष सहितको प्रतिवेदन दिएको तीन साता बितिसक्दा पनि कारबाही प्रकृया भने अगाडी बढेको छैन ।

    पर्यटन मन्त्री प्रेमबहादुर आलेले ठेक्का प्रकृयामा दोषी पाइए कारबाही गर्ने बताउँदै आएका छन् । तर, प्रतिवेदन अनुसार कारबाही प्रक्रिया भने अघि बढेको छैन । उता, पशुपति धर्मशालाको ठेक्का सम्झौता पनि रद्द भएको छैन । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend