logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • ललितपुर महानगरको सात स्थानमा नगर प्रहरी सूचना केन्द्र स्थापना

    ललितपुर महानगरको सात स्थानमा नगर प्रहरी सूचना केन्द्र स्थापना

    3.4K
    Shares

    काठमाडौं । ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्रका सात स्थानमा नगर प्रहरी  सूचना केन्द्र स्थापना गर्ने  भएको छ ।  मंगलबार ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले नगर प्रहरी सूचना केन्द्रको उद्घाटन गरेका छन् । सूचना केन्द्र उद्घाटन कार्यक्रममा मेयर महर्जनले ललितपुर महानगरपालिकालाई स्मार्ट सिटि बनाउनको लागि सूचना केन्द्र पहिलो माध्यम भएको बताए ।

    उनले महानगरपालिकालाई स्मार्ट सिटि बनाउनको लागि महानगरले एकपछि अर्को काम निरन्तर रुपमा गर्दै आएको पनि बताए । मेयर महर्जनले हेर्दा सानो देखिए पनि यो सूचना केन्द्र अत्यन्तै महत्वपूर्ण रहेको बताए । महानगरपालिका भित्रको सात स्थानमा यस्तो खालको सूचना केन्द्र स्थापना गरिने उनको भनाई छ ।

    मेयर महर्जनले भने,‘ललितपुर महानगरपालिकाले ललितपुर महानगरलाई स्मार्ट सिटि बनाउने गरी विभिन्न काम गर्दै आएको छ । स्मार्ट सिटि बनाउनको लागि महानगरले धेरै कामहरु गरेका छन् । तर, महानगरले सबै काम एकै पटक गर्न सक्दैन । विस्तारै महानगरलाई स्मार्ट सिटि बनाउने गरी काम गर्दै जान्छौँ ।’

    त्यस्तै मेयर महर्जनले ललितपुर महानगरपालिका क्षेत्रभित्रका सडकमा ट्राफिक लाइटको समस्या रहेकाले महानगरपालिका भित्रका ६ वटा मुख्य–मुख्य चोकमा ट्राफिक लाइट जडान गर्ने तयारीमा महानगरपालिका रहेको बताए । 

    उनले अगाडि नै लाइट जडान गर्न टेण्डर गरेपनि अख्तियार परेको कारण काम गर्न नकिएको बताए । तर अहिले अख्तियारलाई स्पष्ट बनाएर ट्राफिक लाइट जडानको लागि ठेक्का समेत स्वीकृत भएकाले चाडै लाइट जडान गरिने मेयर महर्जनले बताए । अब जडान गरिने लाइट नयाँ टेक्नोलोजी अनुसारको ट्राफिक जाम लाइटले नै व्यवस्थापन गर्ने मेयर महर्जनको भनाई छ ।

    ललितपुर महानगरपालिकाले महानगरले गरेका कामको विषयमा सर्वसाधरणलाई सहजै जानकारी दिने तथा कुन शीर्षकको राजश्व कति तिर्नु पर्ने लगायतको जानकारी दिने गरी जावलाखेल, लगनखेल, हरिसिद्धि, धापाखेल, नखिपोट, भैंसिपाटी, सानेपा, रिङ्गरोड भित्र ३ र रिङ्गरोड बाहिर ४ स्थानमा नगर प्रहरी सूचना केन्द्र राख्ने भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend