२०८३, श्रावण ७ गते

बिहिवार, श्रावण ७ गते २०८३

एनआरएनएका उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठ सम्मानित

शनिवार , फाल्गुण २८, २०७८

‘काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठ सम्मानित भएका छन् । 

प्रेस चौतारी नेपालको पोखरामा भएको नवौं राष्ट्रिय महाधिवेशनका अवसरमा उपाध्यक्ष श्रेष्ठलाई पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सम्मान गरे । 

बेल्जियम निवासी श्रेष्ठले विदेशमा सिकेको सिप र प्रविधिलाई स्वदेशमा भित्र्याउँदै रोजगारी सिर्जनामा योगदान पु¥याएको भन्दै सम्मान गरिएको हो । 

सम्मान कार्यक्रममा अध्यक्ष ओलीले उपाध्यक्ष श्रेष्ठलाई समाजसेवा र व्यवसायिक जीवनमा थप सफलता प्राप्त गर्न शुभकामना दिएका थिए । 

उपाध्यक्ष श्रेष्ठको नेतृत्वमा नेपालमा यूरोपियन स्तरको औषधि उद्योगका साथै सेवा र उद्योग क्षेत्रमा लगानी भएको बताइएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
ताजा अपडेट