logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • इजरायलमा एक हप्तामा तेस्रो आक्रमण, गोलाबारीमा थप ५ जनाको मृत्यु

    इजरायलमा एक हप्तामा तेस्रो आक्रमण, गोलाबारीमा थप ५ जनाको मृत्यु

    9.6K
    Shares

    एजेन्सीं । इजरायलको तेल अभिभको बाहिरी भागमा भएको गोलाबारीमा ५ जनाको मृत्यु भएको छ । इजरायलमा एक हप्ताको अन्तरमा यस्तो प्रकारको हिंसात्मक आक्रमण भएको यो तेस्रो घटना हो ।

    यहुदीहरूको बाक्लो बस्ती रहेको बनेई क्षेत्रमा यो घटना भएको बताइएको छ । गोलाबारीमा संलग्न व्यक्तिलाई प्रहरीले गोली हानेर मारेको घटनास्थलमा उद्धार कार्यमा संलग्न एक जनाले बताएका छन् । इजरायली अरबहरूले गत मंगलबार र आइतबार हिंसात्मक हमला गरेपछि इजरायलका सुरक्षाकर्मी उच्च सतर्कतामा रहेका थिए । ती घटनाहरूमा ६ जना मारिएका थिए ।

    घटनास्थलबाट प्राप्त भिडियोमा कालो कपडा लगाएका बन्दुकधारीले प्वाइन्ट ब्ल्याङ्क रेञ्जमा कारमाथि अन्धाधुन्ध गोली चलाएको देख्न सकिन्छ । जेरुसेलम पोस्टका अनुसार एक व्यक्ति कारमा र अन्य नजिकैको बाटोमा मृत फेला परेका थिए । घटनालगत्तै इजरालयका प्रधानमन्त्री नाफताली बेनेटले आपत्कालीन सुरक्षा बैठक बोलाएका थिए भने बुधबारका लागि क्याबिनेट बैठक पनि डाकिएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend