logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • कैलाली चुरेका पहिरो पीडित अझै जंगलमा 

    कैलाली चुरेका पहिरो पीडित अझै जंगलमा 

    2.8K
    Shares

    कैलाली । कैलालीको चुरे गाउँपालिकाका पहिरो पिडित परिवार अझै बिचल्लीको अवस्थामा छन् । दुई वर्षअघि गएको पहिरो पिडित अहिले सम्म पनि जंगलमै बसिरहेका हुन् । पहिरोबाट प्रभावित नागरिकहरुले सरकारले सुरक्षित स्थानको व्यवस्था गर्नुपर्ने माग गरेका छन । 

    बैज्ञानिक मापदण्ड बिपरित बर्षेनि सडक खनिन थालेपछि कैलालीको चुरे गाउँपालिकाका बिभिन्न वडामा पहिरोको जोखिम बढिरहेको छ । पहिरोको कारणले गाँउनै बिस्थापित भइरहेकाछन् । चुरे गाउपालिकाको गोपाले, काफलगैरा, माल, निगलाडी, पट्रेनि, गुणि लगाएतका गाउमा पहिरोका कारण गाँउनै  बिस्थापित हुन थालेका हुन ।

    चुरेका बिभिन्न बस्तीमा पहिरो जानथालेपछि त्यहाका स्थानीय घर छोडेर जंगल तथा सुरक्षित स्थानमा जान थालेका छन् । अहिले सबै बिस्थापित घर बिहिन बन्दै गएका छन् । गाउँमा बस्न सक्ने अवस्था नभएपछि केहि सडकमै बसिरहेका छन् । पहिरो प्रभावित परिवारहरुलाई अहिले दैनिक छाक टार्न पनि समस्या भएको छ । यता सरकारले बिस्थापतिहरुको बारेमा केहि नगरेको स्थानीयले आरोप लगाएका छन् ।

    गत बर्ष आएको पहिरोका कारण पट्रेनि, गुणिका ३ सय परिवार विस्थापित भएका छन । यस्तै भदौ ९ र १० गतेको  भारी वर्षाका कारण चुरे गाउँपालिका वडा नम्बर ५ का गोपाले, काफलगैरा, माल, निङ्गलाडीका बस्तीहरु नराम्ररी प्रभावित भएको छ । घर, गोठ जमिन चर्किनुका साथै सो बस्ती पहिरोको उच्च जोखिममा छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend