logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • दसैंमा खुसी किन्ने माटो !

    दसैंमा खुसी किन्ने माटो !

    8.3K
    Shares

    दसैं सुरु भएसँगै मध्यपहाडी लोकमार्ग अन्तर्गतको मुलपानी खण्डमा अहिले रातोमाटो लिन जानेको भिड देखिन्छ । दसैंमा घर श्रृङ्गारका लागि निकै महत्वपूर्ण मानिने रातोमाटो यहाँको केही स्थानीयको दसैं खर्च चलाउने विकल्प समेत बनेको छ । यहाँको माटो विशेष गरी जिल्लाको पश्चिम भेगमा जाने गरेको छ । 

    लोकमार्गमा अहिले माटो किन्ने र बेच्नेको भिड बाक्लो छ । यसै भिडमा साधारण लुगा लगाएर पसिनै पसिना भएर माटो खन्दै गरेकी पूजा विक पनि छिन् । दसै सुरु भएसँगै दर्सै खर्चको जोहो गर्न पसिना चुहाउँदै, बाउसो रातो माटोमा गाडिरहेकी छिन् । उनको त्यति ठुलो सपना पनि होइन । बस्, दसैंको खर्च चलाउने । 

    दसैं खर्च चलाउन पर्यो नि, के गर्नु अरु बेला यो रातोमाटो कस्ले केका लागि किन्थ्यो र, केही वर्ष यता हामीले दसैं मनाउनी खर्च निकाल्नकै लागि माटो बेचिरहेका छौं । पहिलेका मान्छेले जस्तो अहिलेका मान्छेले कहाँ दुख गर्न सक्छन् र ? पहिले आमाहरु धेरै टाढा पुगेर रातोमाटो ल्याएर घर श्रृङ्गार गर्थेउ भन्नुहुन्थ्यो, अहिले त को टाढा जान्छ र रातोमाटो लिनकै लागि ? विकले भनिन् । 

    पूजासँगै अहिले अन्य पाँच-छ जना महिलाहरु पनि माटो बेचिरहेका छन् । उनीहरुले खनेको माटो जिल्लाको पश्चिम भेग गल्कोट, बुर्तिवाङ लगायतमा ठाउँ सम्म पुग्ने गरेको छ । त्यस्तै, बागलुङ नगरपालिकाको तित्याङ, सिगानाबाट पनि माटो किन्न उनीहरुसँग आउने गरेका छन् । उनीहरुले बेच्ने माटो निकै राम्रो हुने खरिदकर्ताको भनाइ छ । पहिलेका वर्षहरुमा भन्दा यसपाला भने माटोको व्यापारमा केही ह्रास आएको छ । 

    विश्वकर्मा भन्छिन्, ‘कोरोना भाइरसका कारण दुई चार वर्ष पहिलेझैं माटो खासै बिक्री भएको छैन । मानिसहरुको भिडभाड पनि अलि कम छ । त्यहीमाथि आधुनिक रङ चुना आदिका कारण पनि पहिले जस्तो छैन । मानिसहरु रातो माटोको सट्टा अन्य विभिन्न रङ लगाउन थाले, कमेरोको ठाउँमा चुना लगाउन थाले, पहिले जस्तो त छैन ।’ 

    त्यस्तै, सोही ठाउँकै आबिसा सुनारको पनि दैनिकी पूजाको जस्तै छ । उनी पनि दसैं सुरु हुन केही दिन अगाडिबाट दसैंमा मिठो खाम्ला, राम्रो लगाउला भन्ने सोचले बिहानदेखि राती अबेरसम्म माटो किन्ने ग्राहक पर्खिदै बस्छिन् । बिहानदेखि बेलुकासम्म माटो बेचेर कहिले पाँच सय मात्र कमाउँछिन् भने कहिलेकाँही त दुई हजार पनि कमाउँछिन् अबिसाले । 

    आबिसा भन्छिन्, ‘कहिले त दिनको दुई हजार पनि हुन्छ । कहिले त दिनभर रातोमाटो उठाएर राखे पनि पाँच सय भन्दा हुदैन । साँझ परेपछि पानी पर्छ भिज्दै माटो किन्ने ग्राहक कुरेर बसेपछि, बोरामा राखेको माटो बोरामै छाड्नुपर्ने अवस्था हुन्छ ।’

    उनीहरुको माटो खनिरहेको मूलपानी क्षेत्रमा लोकमार्ग बिस्तार गर्दा रातो माटो भेटिएको थियो । सो ठाउँमा जो कोहीले पनि निशुल्क माटो उठाएर लैजान सक्छन् । तर खन्न र रातोमाटो र ढुङ्गा चाल्नु पर्ने भएकाले मानिसले बोरा नै किन्न रुचाउँछन् । 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend