logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • साफको इतिहासमा पहिलोपटक  फाइनल पुगेको नेपालले आज भारतको सामना गर्ने, यस्तो छ इतिहास रच्ने तयारी

    साफको इतिहासमा पहिलोपटक  फाइनल पुगेको नेपालले आज भारतको सामना गर्ने, यस्तो छ इतिहास रच्ने तयारी

    6K
    Shares

    काठमाडौँ  — साफको इतिहासमा पहिलोपटक  फाइनलमा पुगेको नेपालले आज  भारतको सामना गर्ने भएको छ । नेपाल र भारतको फाइनल खेल शनिबार मालेस्थित माल्दिभ्स राष्ट्रिय फुटबल रंगशालामा नेपाली समय अनुसार बेलुका  ८:४५ बजे हुनेछ।

    नेपालले साफ च्याम्पियनसिप २०२१ को पूर्व सन्ध्यामा आयोजित प्रि–म्याच कन्फ्रेन्समा सहायक प्रशीक्षक किरण श्रेष्ठले भारतविरुद्ध नेपाली टिमले बलियो चुनौती पेस गर्ने दाबी गरे । नेपाल लिग चरणको खेलमा भारतसँग पराजित भएको थियो ।

    त्यसमा नेपाली टिममाथि अत्याधिक सुरक्षात्मक रहेर खेलेको हुनाले आलोचना भएको थियो । त्यसैबारे सोधिएको प्रश्नमा स्पष्टिकरण दिँदै सहायक प्रशीक्षक श्रेष्ठले भने, ‘त्यो खेलमा टिमले गरेको भुललाई ध्यानमा राखेर सच्चिएर खेल्नेछौँ । हामी यसपल्ट जितका लागि खेल्नेछौँ र हाम्रो उद्देश्य जित नै रहेको छ । नेपाल जितका लागि हकदार पनि रहेको छ ।’

    नेपाल साफ च्याम्पिनसिपको २८ वर्ष लामो इतिहासमा फाइनल पुगेको यो नै पहिलो पल्ट हो । भारत भने कीर्तिमान सात पल्टको विजेता हो र उसले लगातार आठौं पल्ट फाइनल खेलिरहेको छ । सन् २००५ यता भारतले प्रत्येक संस्करणको फाइनल खेलेको छ । भारतीय टिमका सहायक प्रशिक्षक सन्मुघम वेंकटेस भने इतिहासमा धेरै फर्केर हेर्न ठीन नहुने मान्छन् ।
    उनी भन्छन्, नेपालले तेर्साउने चुनौती पक्कै पनि कठिन हुनेछ । सहायक प्रशिक्षक वेंकटेसले भने, ‘प्रतिद्वन्द्वीका रूपमा हामी नेपालको सम्मान गर्छौँ । हामी नेपाललाई कमजोर मान्ने भुल पक्कै पनि गर्दैनौँ । पछिल्लो समय दक्षिण एसियाली फुटबलमा कुनै टिमले धेरै प्रगति गरेको छ भने त्यो नेपालले हो । हामीले पछिल्ला केही खेल नेपालविरुद्ध खेलेका छौँ र त्यसमा हामी कडा प्रतिस्पर्धाकै सामना गरेका छौँ ।’

    नेसनल स्टेडियममा हुनुपर्ने प्रि–म्याच कन्फ्रेन्स अन्तिम समयमा आएर रद्द गरिएको थियो र पछि यो भर्चुअल माध्यमबाट भएको थियो । नेपाल र भारत दुवै अन्य टापुमै रहेको तथा माले आउने क्रममा समुद्री बहाव बढेको हुनाले भौतिक रूपमा हुने भनिएको प्रि–म्याच कन्फ्रेन्स रद्द गरिएको हो ।

    प्रि–म्याच कन्फ्रेन्सकै क्रममा नेपाली टिमका कप्तान किरण लिम्बूले आफ्नो लागि माल्दिभ्स दोस्रो घर रहेको दाबी गर्दै फाइनलमा नेपाली टिमका लागि त्यहाँका फुटबल प्रेमी उत्रने दाबी गरे । उनले दुई सिजन मालेको टीसी स्पोर्टसका लागि व्यवसायिक फुटबल खेलेका थिए । उनले भने, ‘माल्दिभ्सका फुटबल समर्थक नेपालको पक्षमा हुनेछन् र हामी जितका लागि खेल्ने रणनीति लिएर उत्रने छौँ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend