logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • शिक्षकलाई राजनीति गर्न रोके पार्टी सिस्टम कमजोर हुन्छः प्रचण्ड

    शिक्षकलाई राजनीति गर्न रोके पार्टी सिस्टम कमजोर हुन्छः प्रचण्ड

    4.4K
    Shares

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षकहरुलाई राजनीति गर्न नदिए पार्टी प्रणाली नै कमजोर हुने दाबी गरेका छन् । मंगलबार पार्टी निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिको एकताको दोस्रो राष्ट्रिय परिषद्लाई सम्बोधन गर्दै प्रचण्डले शिक्षकहरु सक्रियतापूर्वक राजनीतिक रुपान्तरणको काममा लाग्नुपर्ने बताएका हुन्  ।

    नेपालमा जति पनि पार्टीहरु छन्, सबै शिक्षकहरुकै योगदानका कारण रहेको बताउँदै उनले गाउँघरमा मजदुर किसानसँग एकाकार भएर राजनीतिक दलहरुलाई स्थापित गराउने र राजनीतिक विचार, नीति, योजना कार्यक्रमलाई जनताको बीचमा लैजाने शिक्षकहरु नै भएको बताए ।

    अब शिक्षकहरुले राजनीति गर्नु हुन्न भनिदिएपछि त्यो पार्टी सिस्टमलाई नै कमजोर पार्ने नीति बाहेक केही नहुने उनको भनाइ छ । शिक्षकहरुलाई राज्यले अन्याय गरेको पनि बताउँदै राज्यले विभेदमा पारेकै कारण शिक्षकहरुले आन्दोलन गर्नुपरेको बताए । 
    संवोधनका क्रममा उनले ‘शिक्षकहरु अझ सक्रियतापूर्वक समाजसेवामा, सामाजिक रुपान्तरणका काममा, राजनीतिक रुपान्तरणका काममा लाग्नुपर्ने छ । टेक्नीकल्ली तपाईहरुलाई अप्ठ्यारो नपर्ने गरी सक्रियतापूर्वक जनताको बिचमा काम गर्ने वातावरण बनाइन्छ, बनाउनुपर्छ । तपाईंहरु दुविधामा नरहनु होला उनले भने ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend