logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक : आज पेस भएका प्रतिवेदनउपर समूहगत छलफल

    एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक : आज पेस भएका प्रतिवेदनउपर समूहगत छलफल

    364
    Shares
    एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक : आज पेस भएका प्रतिवेदनउपर समूहगत छलफल

    काठमाडौँ । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज पनि जारी रहनेछ ।

    ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा हिजोदेखि सुरु भएको बैठकमा आज पेस भएका प्रतिवेदनउपर समूहगत छलफल हुनेछ ।

    हिजोको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शंकर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेका छन् । यस्तै, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्ले पनि प्रतिवेदन प्रस्तुत गरेका छन् ।

    प्रस्तुत प्रतिवेदनहरुलाई छलफलपछि आजै पारित गरेर बैठक समापन गर्ने कार्यसूची रहेको छ । परिषद् बैठकमा दुई हजार चार सय ५४ प्रतिनिधि सहभागी छन् ।

    यसैबीच, एमालेले आज नेकपा स्थापनाको ७५औँ वर्षका अवसरमा विशेष कार्यक्रम आयोजना गर्दैछ । उक्त कार्यक्रममा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत दलका शीर्ष नेताहरुलाई पनि बोलाएको छ ।

     

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend