काठमाडौं । अवैध लागूऔषध ब्राउन सुगरसहित बर्दियाबाट दुई जना पक्राउ परेका छन् । मंगलबार बढैयाताल गाउँपालिका २ फुटाहाबाट १४ ग्राम ६३० मिलिग्राम ब्राउन सुगरसहित उनीहरूलाई पक्राउ गरेको प्रहरी चौकी जमुनीले जनाएको हो ।
पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका २ का २४ वर्षीय दीपेन्द्र बूढा र सोही नगरपालिका–९ लाटीकोईलीका २२ वर्षीया कृपा बोहरा रहेका छन् ।