logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • कर्णाली प्रदेशसभाको १०औँ अधिवेशन जेठ १० गते

    कर्णाली प्रदेशसभाको १०औँ अधिवेशन जेठ १० गते

    7.6K
    Shares

    काठमाडौं । कर्णाली प्रदेशसभाको १० औँ अधिवेशन यही जेठ १० गते दिउँसो २ बजे बोलाइएको छ । कर्णाली प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १८३ ९१० बमोजिम अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

    प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले जेठ १० गते प्रदेशसभा अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । सविधानमा प्रदेशसभाको अधिवेशन प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले आह्वान गर्ने व्यवस्था छ ।

    प्रदेशसभाको नवौँ अधिवेशन गत वैशाख २१ गते अन्त्य भएको थियो । १०औँ अधिवेशनमा प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनेछ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend