logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • तिखो भालाको घाउ उपचार गर्दा निको होला, शब्द वाणले घोंचेको घाउ कहिल्यै नीको हुँदैन: ओली

    तिखो भालाको घाउ उपचार गर्दा निको होला, शब्द वाणले घोंचेको घाउ कहिल्यै नीको हुँदैन: ओली

    7.6K
    Shares

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शब्द वाणले घोचेको घाउमा ‘फर्गेट स्टडे’ लागू नहुने बताएका छन् । मीना श्रेष्ठको कविताकृति ‘फर्गेट स्टडे’ लोकार्पण समारोहमा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

    उनले भने, ‘शब्द आफैंमा तागत हुँदैन। प्रस्तुती कस्तो हुन्छ? त्यसको प्रयोग कस्तो हून्छ? शब्द वाण पनि हुन्छ, शब्द मलम पनि हुन्छ। शब्द वाण मात्रै होइन अग्नि वाणपनि हून्छ। भालाले भन्दा साह्रो शब्दले घोच्छ। भाला तिखो छ भने उपचार गर्दा निको होला शब्द वाणले घोंचेको कहिलै नीको हुँदैन। अरु कुराका लागि लागू होला शब्द वाणले घोचेको घाउमा फर्गेट स्टडे लागू हुँदैन। शब्द मन्त्र हो। शब्द ज्ञान हो। शब्द संकेत हो। शब्द इशारा हो। शब्द विग्रह, घिर्ना हो। ’

    ओलीले मान्छे २० वर्ष पढेर पनि विद्धान कोहि नहुने बताए। उनले भने, ‘जेनेटीक मेमोरीको ९९ प्रतिशत योगदान छ। २० वर्ष, २५ वर्ष पढेको चाहिँ एक प्रतिशतको भाग होला। २०–२५ वर्ष कसैलाई पढाउँदैमा कोही विद्धान हुँदैन। न बाख्रा पाठालाई पढाएर विद्वान हुन्छ न भैंसीको पाडोलाई पढाएर विद्वान हुन्छ। न गाइको बाच्छो पढाएर विद्वान हुन्छ। हामी मानव जातीसंग जेनेटीक कन्ट्रीव्यूसन छ। जेनेटीक पोटेन्सीयलका कारण विकास गर्न सकिन्छ। त्यो पोटेन्सीयललाई हामीले उजागर गर्न सक्नुपर्छ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend