logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • गेटा मेडिकल कलेजलाई बेवास्ता गरे जनता सडकमा आउन बाध्य हुनेछन – सांसद चौधरी

    गेटा मेडिकल कलेजलाई बेवास्ता गरे जनता सडकमा आउन बाध्य हुनेछन – सांसद चौधरी

    9.2K
    Shares
    गेटा मेडिकल कलेजलाई बेवास्ता गरे जनता सडकमा आउन बाध्य हुनेछन – सांसद चौधरी

    काठमाडौँ – सांसद लक्ष्मी चौधरीले गेटा मेडिकल कलेजलाई सरकारले  चाडै संचालनमा नल्याए त्यहाँका जनता सडकमा आउने बताएकी छन्।

    शुक्रवार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमाथिको छलफलमा बोल्दै सांसद चौधरीले  ‘सुदुरपश्चिममा गेटा मेडिकल कलेज छ जसको नब्बे प्रतिशत भौतिक संरचना तयार भएको छ। त्यो मेडिकल कलेज अहिलेसम्म संचालन हुन् सकेको छैन तर प्रधानमन्त्री ज्युको जिल्ला डलेल्धुरामा अहिले मेडिकल कलेज खोल्ने कुरा आयो कसरी आयो।

    डलेल्धुरामा मेडिकल कलेज खोल्ने कुराको म बिरोधी हैन तर एउटा प्रदेशमा एउटा कलेज छ त्यो संचालन हुन् सकेको छैन । त्यो संचालन भएपछी त्यहाँका जनतालाई अर्को मेडिकल कलेजको आवश्यकता महसुस भएको खण्डमा अर्को खोल्नुपर्नेमा त्यस्तो देखिएन।

    यदि गेटा मेडिकल कलेजलाई छिटो संचालनमा ल्याईएन र त्यसलाई बेवास्ता गरीयो भने त्यहाँका जनता सडकमा आउन बाध्य हुन्छन त्यसको क्षतिपुर्ति सरकारले बेहोर्नु पर्नेछ म सचेत गराउन चाहन्छु।’ उनले भनिन्।

    त्यस्तै सांसद चौधरीले सरकारी छात्रवृतिमा पढेका डाक्टर कहाँ छन् भनी प्रश्न गरेकी छन्।  सरकारको लगानीमा हामीले डाक्टर पढ्न  विदेश पठाउछौ तर ति डाक्टर कहाँ छन्। के ति डाक्टरले साच्चिकै हाम्रो देशका बझाङ्ग बाजुरा जस्ता दुर्गम ठाउँमा गएर सेवा दिएका छन् छैनन त्यसमा सरकारको ध्यान गएको छ कि छैन ?

    हामीले उत्पादन गरेका  डाक्टर गरेका कहाँ छन् विदेश पलायन छन् कि कुन कुनामा छन् त्यसमा स्वास्थ्य मन्त्रालयले ध्यान दिओस म अनुरोध गर्न चाहन्छु उनले भनिन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend