logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • रुपन्देहीमा २२ वर्षीया महिला बलात्कृत, आरोपी पक्राउ

    रुपन्देहीमा २२ वर्षीया महिला बलात्कृत, आरोपी पक्राउ

    6.9K
    Shares

     

    रुपन्देही । रूपन्देहीमा २२ वर्षीया महिला बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले देवदह नगरपालिका–६ बस्ने ३४ वर्षीय हेम बहादुर घर्ती मगरलाई आइतबार पक्राउ गरेको छ ।

    हेम बहादुर घर्ती मगर लगायत ३ जनाले ती महिलालाई देवदह नगरपालिका–९ भलुहीस्थित होटलमा लगेको र हेम बहादुर घर्तीमगरले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

    प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै अन्य एक जना र होटल सञ्चालक समेतलाई प्रहरीले आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ । हाल फरार एक जनाको प्रहरीले खोजी गरिरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend