logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • भारतमा फेरि कोरोना संक्रमण बढ्दै, थप ४ हजार २७० जनामा संक्रमण पुष्टि

    भारतमा फेरि कोरोना संक्रमण बढ्दै, थप ४ हजार २७० जनामा संक्रमण पुष्टि

    5.7K
    Shares

    काठमाडौं । भारतमा फेरि कोरोना संक्रमण बढ्दै गएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले ३४ दिनपछि फेरि संक्रमण बढेर संक्रमितको सख्या १ प्रतिशत भन्दा धेरै पुगेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

    पछिल्लो २४ घण्टामा मात्रै भारतमा ४ हजार २७० जनालाई संक्रमण भएको पुष्टि भएको छ । जसमा सबैभन्दा धेरै केरला र महाराष्ट्रमा संक्रमण फैलिरहेको हो । महाराष्ट्रमा पछिल्लो २४ घण्टामा मात्रै १ हजार ४९४ जनालाई संक्रमण भएको पुष्टि भएको छ ।

    यस्तै, तमिलनाडु, मुम्बई, दिल्ली र राजस्थानलगायत क्षेत्रमा पनि संक्रमण फैलिन थालेको सञ्चार माध्यमले जनाएका छन् । कोरोना संक्रमण रोकथामका लागि केन्द्रीय स्वास्थ्य मन्त्रालयले खोप अभियानलाई अझै प्रभावकारी बनाउँदै लैजाने जनाएको छ । त्यसका लागि घर घरसम्म नै पुग्ने अभियान सुरु भएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend