logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • नेपाल हाउस रेस्टुरेन्टमा इन्टर्नसीप गर्न गएकी एक विद्यार्थी बलात्कृत

    नेपाल हाउस रेस्टुरेन्टमा इन्टर्नसीप गर्न गएकी एक विद्यार्थी बलात्कृत

    6.2K
    Shares

     

    काठमाडौं । काठमाडौंको हात्तिसारमा अवस्थित नेपाल हाउस रेस्टुरेन्टमा इन्टर्नसीपका लागि गएकी २१ वर्षीया विद्यार्थी बलात्कृत भएकी छन् । शुक्रबार राति साढे १० बजे स्मोकिङ जोनमा लगेर बलात्कार गरेको पीडित विद्यार्थीले प्रहरी समक्ष बयान दिएकी छन् । गेट कलेजमा होटल म्यानेजमेन्ट पढ्दै गरेकी उनी अन्य पाँच जना विद्यार्थीसँगै गत शुक्रबार नेपाल हाउस पुगेकी थिइन् ।

    शुक्रबार रेस्टुरेन्टका सञ्चालक क्षितिज लामिछानेको वैवाहिक वर्षगाँठको अवसरमा पार्टी आयोजना गरिएको थियो। पार्टीकै लागि लामिछानेले ती विद्यार्थीहरुलाई बोलाएको प्रहरीको भनाइ छ। लामिछाने गेट कलेजमा अध्यापनसमेत गराउँदै आएका छन्। गेट कलेजका अन्य विद्यार्थीहरुसमेत त्यही इन्टर्न गर्दै आएका छन्।

    पार्टी चलिरहेकै अवस्थामा रेस्टुरेन्टमा कार्यरत जीवन केसीमाथि ती विद्यार्थीलाई बाहिर बोलाएर बलात्कार गरेको आरोप लागेको छ। दोलखा घर भएका केसी वेटरको रुपमा कार्यरत रहेको र शुक्रबार राति साढे १० बजे स्मोकिङ जोनमा लगेर बलात्कार गरेको पीडित विद्यार्थीले प्रहरी समक्ष बयान दिएकी छन् । प्रहरीका अनुसार केसीले कोल्ड ड्रिङ्समा मदिरा मिसाएर खुवाएको र नशा लागेपछि बलात्कार गरेका थिए।

    प्रहरीले केसीलाई शुक्रबार राति नै प्रक्राउ गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend