logo

२०८१ बैशाख २८ शुक्रबार

logo
  • शुक्रबार, २८ बैशाख २०८१
  • पदाधिकारी छान्न प्रचण्ड असफल

    पदाधिकारी छान्न प्रचण्ड असफल

    4.2K
    Shares
    पदाधिकारी छान्न प्रचण्ड असफल

    काठमाडौँ । चर्काे विवादका कारण नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले बिहीबार पदाधिकारीको टुंगो लगाउन सकेन । पोलिटब्युरो, स्थायी समिति र पदाधिकारीको टुंगो लगाउने अख्तियारी पाएका अध्यक्ष पुष्पकमल दाहालले बिहीबारको बैठकमा पोलिटब्युरो र स्थायी समितिमा रहने केहीको नाम प्रस्ताव गरे । तर, पदाधिकारीका लागि भने उनले केही दिनको समय माग गरे ।

    आइतबारदेखि काठमाडौंमा जारी केन्द्रीय समिति बैठकले ४१ सदस्यीय स्थायी समितिको टुंगो लगाएको हो । यसअघि रहेका १५ जना पूर्वस्थायी समितिका सदस्य स्वतः परेका छन् भने बाँकीको नामसमेत पछि टुंगो लाग्नेछ ।

    बैठकले १ सय ५६ जना पोलिटब्युरो सदस्यको नामावली टुंगो लगाएको छ । बैठकमा अध्यक्ष दाहालले सुरुमा १ सय २५ जना पोलिटब्युरो सदस्यको नामावली घोषणा गरेका थिए । तर, केही असन्तुष्ट नेताले हुटिङ गरेपछि उनले थप ३१ जनाको नाम समावेश गरी पोलिटब्युरो सदस्यको संख्या १ सय ५६ जना बनाएका थिए ।

    बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पदाधिकारी चयन गर्न गृहकार्य नपुगेको भन्दै केन्द्रीय सदस्यसँग समय मागेका थिए । ‘अलिकति गृहकार्य पुगेको छैन । सबैको अनुहार उज्यालो बनाउन दुई/चार दिन दिनुस् । केन्द्रीय समिति, पोलिटब्युरो र स्थायी समिति टुंगो लागेकाले पदाधिकारी टुंगो लगाउन पनि ठूलो समस्या छैन,’ बैठकमा सहभागी एक सदस्यले दाहालको भनाइ उद्धृत गर्दै भने । यो समाचार आजको राजधानी दैनिकमा छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend